काठमाडौं- अर्घाखाँचीको ढाकावाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु १ ज १६७९ नम्बरको जिप शनिबार दुर्घटना भएको हो।
दुर्घटनामा भूमिकास्थान– मुलटंकिकी ३४ वर्षीया देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।
ढाकावाङबाट सन्धिखर्कका लागि छुटेको जिप सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ।
दुर्घटनामा पणेना–१ की कपिला खना पोख्रेल र शर्मिक पोख्रेल घाइते भएका छन्।
घाइते दुवै जनाको सन्धिखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply