अमेरिकाले गोप्य रूपमा युुक्रेनलाई मदत ग¥यो लामो दूरीको मिसाइल

जनकपुरधाम- रूसी सुरक्षाबलको सामना गर्न युक्रेनले अमेरिकाबाट गोप्य रूपले प्राप्त लामो दूरीको बैलिस्टिक मिसाइलको प्रयोग सुरू गरेको छ।

अमेरिकी अधिकारीले यसको पुष्टि गरेका छन्।

यो हतियार अमेरिकी राष्ट्रपति जो बाइडनको तर्फबाट गत मार्चमा युक्रेनलाई दिइएको थियो।

३० करोड डलर मूल्य बराबरका यी हतियार यही महिनादेखि युक्रेन पुग्न सुरू भएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार रूसको कब्जामा रहेको क्राइमियामा एकपटक हमला गर्न यो मिसाइलको प्रयोग भइसकेको छ।

बाइडनले अब युक्रेनलाई ६१ अर्ब डलरको सहयोग प्याकेजका लागि पनि स्वीकृति दिइसकेका छन्।

अमेरिकाले यसअघि युक्रेनलाई आर्मी टैक्टिकल मिसाइल सिस्टमका मध्यम दूरीको हतियार दिइसकेको छ। यद्यपि उसले युक्रेनलाई ठूलो तथा शक्तिशाली हतियार दिएको भने स्वीकार गरेको छैन।

तर, बाइडनले गत फ्रेबुअरीमा गोप्य रूपले लामो दूरीको मिसाइल युक्रेनलाई प्रदान गर्ने प्रस्तावलाई स्वीकृति दिएको बताइएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भने,‘अमेरिकाले राष्ट्रपतिको निर्देशनअनुसार लामो दूरीको मिसाइल युक्रेनलाई उपलब्ध गराएको छ। तर, युक्रेनको अनुरोधअनुसार यसको जानकारी सार्वजनिक गरिएको थिएन।’

अहिलेसम्म कति हतियार पठाइएको यकिन नभए पनि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिनले वाशिङटन युक्रेनलाई थप हतियार पठाउने योजनामा रहेको बताएका छन।(बिबिसीबाट)

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *