दैलेख- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले अब आउने चुनावसम्म राजनीतिक गठबन्धन परिवर्तन भइरहने बताएका छन्।
नेपाल प्रेस युनियन दैलेखले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निधिले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्रीले पद टिकाइरहन नयाँनयाँ गठबन्धन गरिरहने जिकिर गरे।
‘२०८४ को चुनावसम्म सत्ता गठबन्धन परिवर्तन भइरहने छ। समयअनुसार सत्ता परिर्वन भइरहने तर कतिपटक हुन्छ भन्न सक्दिनँ,’ निधिल भने।
संविधान बने पनि पूर्णता नपाएका कारण संघीयता बलियो हुन नसकेको बताउँदै उनले संविधानले खोजेअनुसारको संघीयता कार्यान्वयनमा आउन नसकेको जिकिर गरे।
निधिले प्रदेस सरकारहरूसँग आफ्नो कर्मचारी, प्रहरीलगायतका संगठन नभएसम्म सही अर्थमा संघीयता कार्यान्वयन भएको ठान्न नसकिने प्रष्ट पारे।
‘संविधान बनेको ८ वर्षभन्दा बढी भइसक्यो, प्रादेशिक संरचना कार्यान्वयनमा आएको पनि ७ वर्ष पूराभयो,’ उनले भने,‘प्रदेस सरकारहरूसँग अझै आफ्नो निजामती कर्मचारी छैन, आफ्नो प्रहरी छैन, प्रदेस सरकारमात्र भएर हुँदैन, चाहिने कुरा नहुँदा अपुरोजस्तो भएको छ।’
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका निधिले सहकारी बचकर्ताको पैसा अपचलन गर्नेहरू कानुनी दायरामा नआएसम्म कांग्रेस चुप लागेर नबस्ने प्रष्ट पारे।
विभिन्न अनुसन्धान र प्रमाणहरूमा सहकारीको पैसा अपचलन भएको घटनामा बहालवाला गृहमन्त्रीको संलग्नता देखिएको भन्दै उनले कारबाही हुनुपर्ने जिकिर गरे।
निधिले गिरीबन्धु टि–स्टेट प्रकरणमा कांग्रेसको संलग्नता नभएको र आधारहीन आरोप लगाइएको बताए।
‘गिरीबन्धु टि–स्ेटटबारेमा पार्टीको धारणा छानबिन होस् भन्ने छ, कसले के गरेको छ, कसको पालमा भएको भएको छ, सबै प्रष्ट छ,’ उनले भने।
Leave a Reply