जनकपुरधाम- अफगानिस्तानको अर्को क्षेत्रमा आएको बाढीमा परी कम्तिमा ५० जनाको ज्यान गएको छ।
अधिकारीहरूका अनुसार अफगानिस्तानको केन्द्रीय भागमा पनि भारी वर्षा भएको छ।
वर्षाका कारण पानीको सतह बढेको र कैयौं मानिस बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।
बाढीका कारण हजारौंको संख्यामा चौपायाका ज्यान गएको र दुई हजारभन्दा बढी घर प्रभावित भएको छ।
गएको साता अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीमा परी तीन सयभन्दा बढी मानिसको ज्यान गएको थियो।
भारी वर्षाका कारण खेतीमा पनि क्षति पुगेको छ। अफगानिस्तानको चार करोडमध्ये ८० प्रतिशत जनसंख्या कृषिमा निर्भर छन्।
अफगानिस्तानको मौसम विभागले आगामी दिनमा थप केही भागमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ।
Leave a Reply