काठमाडौं- प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थिता मिनाक्षी खाद्य उद्योग सिल गरेको छ।
म्याद गुज्रिएको अखाद्य सामग्रीहरू नयाँ लेभलिङ गरी बजारमा बिक्रीवितरण गरेको पाइएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उद्योग सिल गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले म्याद गुज्रिएका करोडौं मूल्यको अखाद्य सामग्रीहरू बिक्रवितरण गरेको पाइएपछि उद्योग सिल गरिएको जानकारी दिएका छन्।
आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य भइरहेको गोप्य सूचनाका आधारमा विशेष प्रहरी टोली र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले उद्योग सिल गरेको हो।
प्रहरीले उद्योगबाट मिति मेट्न प्रयोग हुने सामग्री, ठूलो परिणाममा म्याद गुज्रिएको सामग्री बरामद भएको जनाएको छ।
उद्योगका सञ्चालकलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ।
Leave a Reply