११ लाख मूल्यबराबरको अवैध प्याज बरामद

जनकपुरधाम – प्रहरीले २३ लाख बढी मूल्य बराबरको अवैध प्याज बाराबाट बरामद गरेको छ।

बिलविजकभन्दा बढी मात्रामा ल्याइएका प्याज प्रहरीले बरामद गरेको हो।

वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेका गाडीहरू चेकजाँच गर्ने क्रममा बिलबिजकभन्दा बढी स्रोत खुलाउन नसकेको प्याजसहितका समान बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले जनाएअनुसार विभिन्न गाडीहरूबाट ११ लाख ८७ हजार ७५० रूपैयाँ मूल्य बराबरको २३ हजार १५० केजी प्याज बरामद भएको छ।

त्यस्तै ११ लाख ९२ हजार ९७४ रूपैयाँ मूल्य बराबरको खुद्रा र ११ लाख ६ हजार ४९४ रूपैयाँ मूल्य बराबरको किराना समानसमेत बरामद भएको प्रहरीले जनाएको छ।

बरामद गरिएका समान नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *