काठमाडौं – सर्वोच्च अदालतले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदार बसौलालाई पदमुक्त नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्चले बसैलालाई पदमुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजालसले यस्तो आदेश दिएको हो।
सरकारले यही माघ ९ गते बसौलालाई पदमुक्त गर्ने निर्णय गरेको थियो।
उनले आफूलाई कानुनविपरित सरकारले हटाउने निर्णय गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई पदमुक्त गर्न पुस २४ गते मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो।
हाल बाोर्डका निमित्त कार्याकारी निर्देशक डा. मुक्तिराम श्रेष्ठ छन।
त्यसअघि सर्वोच्चले गत पुस ५ गते बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो।
Leave a Reply