सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष महरा पक्राउ

काठमाडौं-  माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्।

सुन तस्करी प्रकरणमा महरालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो।

महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरिएको र काठमाडौैं ल्याउन लागिएको नेपाल प्रहरीका प्रवक्ता भीम ढकालले जानकारी दिएका छन्।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेपछि महरालाई प्रहरीले पक्राउ गरेको हो।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार आइजिपी बसन्त कुँवर र सिआइबी प्रमुख श्याम ज्ञवालीलाई महरामाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए।

यसअघि प्रहरीले सुन तस्करी प्रकरणमा महरासँग बयान लिएको थियो।

तर, सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोगले थप अनुसन्धान गर्नुपर्ने राय दिएपछि सिआइबीले पूरक अनुसन्धानका लागि प्रकिया अगाडि बढाएको छ।

महराका छोरा राहुल यसअघि नै भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लाथि थुनामा छन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *