जनकपुरधाम- स्थानीय बजारमा सुनको मूल्य बिहीबार प्रतितोला रू. १ हजार ८ सयले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावल सुन प्रतितोला रू. १ लाख ४४ हजारमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।
बुधबार छापावल सुन प्रतितोला रू. १ लाख ४२ हजार २ सयमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुन बुधबार प्रतितोला रू. १ लाख ४१ हजार ५ सयमा कारोबार भएकोमा आज रू. १ लाख ४३ हजार ३ सय निर्धारण भएको महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य आज रू. १ हजार ८५० निर्धारण गरिएको छ।
चाँदीको मूल्य बुधबार प्रतितोला रू. १ हजार ८ सय २५ रहेको थियो।
Leave a Reply