सर्लाहीमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

जनकपुरधाम- सर्लाहीको बरहथवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बरहथवा नगरपालिका–१५ प्रिपाभित्तास्थित बागमती नहरमा ट्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

रौतहटको गढीमाई नगरपालिकाबाट सर्लाहीको हजरियातर्फ आलु खन्न आएकाहरू सवार ट्याक्टर अनियन्त्रित भइ नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्टरका धनीसमेत रहेका चालक गढीमाई नगरपालिका–५५ वर्षीय जयलाल सहनी र सोही ठाउँका ५० वर्षीय रामनाथ सहनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

दुर्घटनामा गढीमाई नगरपालिका–९ कै १७ वर्षीय आकाश सहनी, १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी, ४५ वर्षीय सुकल देवी, १८ वर्षीया नितेश सहनी र १६ वर्षीया अन्चला कुमारी घाइते भएका छन्।

प्रहरीले जनाएअनुसार नहरको डिलमा रहेको साँघुरो बाटोबाट ट्याक्टर करिब २५ फिट तल खसेको छ। ट्याक्टरको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *