काठमाडौं- नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सभामुख देवराज घिमिरेविरूद्ध प्रदर्शन गरेको हो।
‘संसदीय मर्यादाको मानमर्दन’ गरेको भन्दै नेविसंघ आवद्ध विद्यार्थीहरूले सभामुख घिमिरेको बालुवाटारस्थित सरकारी निवासअगाडि प्रदर्शन गरेको हो।
प्रदर्शनका क्रममा नेविसंघका नेता कार्यकर्ताले सभामुख घिमिरेलाई कालो झन्डा देखाएका छन्।
सभामुखलाई कालो झन्डा देखाउँदै प्रदर्शनकारीलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका सबै प्रदर्शनकारी रिहा भएको नेविसंघका केन्द्रीय सदस्य अनुराग शाहले बताएका छन्।
Leave a Reply