संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संसदको महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन्।

मंगलबार नै प्रतिनिधिसभाको सचिव पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले उनलाई महासचिवमा नियुक्त गरेका हुन्।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए।

तर, तत्कालीन महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभएको, पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट राजीनामा नदिएको कारण देखाउँदै राष्ट्रपति पौडेलले महासचिव नियुक्त गरेका थिएनन्।

पाण्डेयलाई महासचिव नियुक्त गर्न सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले माघ ३ गते राष्ट्रपतिलाई स्मरणपत्र लेखेका थिए।

स्मरणपत्र र प्रतिनिधिसभाको सचिवबाट पाण्डेयले राजीनामा समेतलाई आधार मानेर सिफारिसअनुसार नियुक्ति भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *