शीर्ष नेताहरूसँग परामर्श गर्दै सभामुख

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूसँग परामर्श गर्ने भएका छन्।

प्रतिनिधिसभा बैठक अवरूद्ध हुन नदिन उनले शीर्ष नेताहरूसँग परामर्श गर्न लागेका हुन्।

दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको बैठकमा प्रमुख दलका शीर्ष नेताहरूसँग परामर्श हुने सभामुखको सचिवालयले जनाएको छ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।

संसदीय समिति गठन नभए चैत २७ गतेदेखि संसद बैठक अवरूद्ध गर्ने चेतावनी कांग्रेसले दिएको छ।

बैठक अवरूद्ध नहोस् भन्ने उद्देश्यले प्रमुख चार दलका नेताहरूसँग परामर्श गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएको सचिवालयले बताएको छ।

बैठक सभामुखको कार्यकक्ष सिहदरबारमा बस्नेछ।

सभामुखले बोलाएको छलफलअघि कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बसेको हो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *