काठमाडौं- वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत लेखापाल प्रमोद निरौलाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार निरौलाविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्रहीसँग १५ हजार नगद घुस लिइरहेको अवस्थामा निरौलालाई अख्तियारको टोलीले पक्राउ गरेको थियो।
अनुसन्धानको क्रममा लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्रहीसँग १५ हजार घुस लिएको पुष्टि भएपछि भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ।
अख्तियारले निरौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रू.१५ हजार कायम गरी कैद सजाय र बिगो बमोजिमको जरिवाना हुन मागदाबी लिएको छ।
Leave a Reply