काठमाडौं- काठमाडौं जिल्ला अदालतले संसद भवन परिसरभित्र प्रदर्शनका क्रममा पक्राउ परेका लघुवित्त ऋणपीडितहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले पक्राउ परेका ४९ जनालाई सात दिन हिरासतमा राखेर काठमाडौं जिल्ला अदालतले अनुमति दिएको जानकारी दिए।
प्रतिनिधिसभा बैठक चलिरहेको बेला लघुवित्त ऋणपीडितहरू सोमबार संसद भवन परिसरभित्र प्रवेश गरेर प्रदर्शन गरेका थिए।
निषेधित क्षेत्र तोडेर संसद भवन परिसरमा प्रवेश गरेर प्रदर्शन गरेपछि प्रहरीले ४८ महिला १ जना पुरुषलाई पक्राउ गरेको थियो।
लघुवित्त ऋणपीडितहरू संसद भवन परिसरभित्र प्रवेश गरेर प्रदर्शन गरेको घटना छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ।
Leave a Reply