मुख्यमन्त्रीलाई पूर्वस्वास्थ्यमन्त्रीको १२ बुँदे ध्यानाकर्षण : तीब्र गतिमा अगाडि बढेका कार्यहरू तत्काल सञ्चालन होस्

जनकपुरधाम- मधेस प्रदेसका पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले राजनीतिक उथलपुथलपछि पुर्नगठित सरकारले कामको गति लिन नसकेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवलाई १२ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन्।

नेपाली कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका पूर्वमन्त्री सिंहले प्रदेस सरकारको नीति कार्यक्रम तथा बजेटका कार्यक्रमहरू नै असफल हुने देखिएको भन्दै ध्यानाकर्षणपत्र बुझाएका हुन्।

सोमबार मुख्यमन्त्री यादवलाई भेटेर उनले बुझाएको ध्यानाकर्षणपत्रमा ‘मन्त्रालय र मातहतका कार्यालयहरूमा समयमा मन्त्री, कर्मचारी नबस्नु र मन्त्रालय तथा कार्यालयहरू सुनसान देखिने कुराले सरकारप्रति जनमानसमा नकारात्मक सन्देश प्रवाह भइरहेको’ उल्लेख छ।

प्रदेसको स्वास्थ्य क्षेत्रमा भइरहेका प्रगतिहरू पनि गुम्ने जोखिम बढेको सिंहले बताएका छन्।

आफू स्वास्थ्यमन्त्री छँदा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरलाई विशिष्ट श्रेणीको अस्पताल बनाउन एमआरआइ, क्याथ ल्याब, मोडुलर ओटी, कार्डिएक युनिट, न्यूरो युनिट तथा छुट्टै क्यान्सर अस्पताल निर्माण प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको ध्यानाकर्षणपत्रमार्फत उनले मुख्यमन्त्री यादवलाई स्मरण गराएका छन्।

पूर्वमन्त्री सिंहले प्रदेस सरकारको नीति तथा कार्यक्रम र बजेटबाट चालु आर्थिक वर्षमै सम्पन्न हुनेगरी तीव्र गतिमा अगाडि बढेका कार्यहरू फेरि सञ्चालन गर्न मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *