मनसुनले गति लिन अझै केही दिन लाग्ने

जनकपुरधाम-नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि सुस्त गतिमा अगाडि बढिरहेको छ।

मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुन अहिले कोसी प्रदेसको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ।

मनसुन फैलिएको कोसी प्रदेसका सबैजसो जिल्लामा वर्षा भइरहेको छ।

प्रणाली सुस्त गतिमा रहेकाले देशभर मनसुन फैलिन अझै केही दिन लाग्नसक्ने विभागले जनाएको छ।

अघिल्लो वर्ष पनि देशभर मनसुन फैलिन करिब तीन हप्ता लागेको थियो। यसपालि मनसुन १० जुनमा पूर्वी नेपालबाट प्रवेश गरेको थियो।

विभागका अनुसार अहिले कोसी, मधेस र बागमती प्रदेसमा आंशिक बदली रहेको छ। बागमती प्रदेसको एक दुई स्थानमा मात्रै हल्का वर्षा भएको छ।

महाशाखाका अनुसार देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारत आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *