जनकपुरधाम- जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन अत्याधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ।
विभागले ‘तातो दिन तथा तातो लहरसम्बन्धी’ विशेष बुलेटिन जारी गर्दै तराईमा धेरै गर्मी र हावासमेत तातो हुने जनाएको हो।
विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको विभागले जनाएको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेसको तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको विभागले जनाएको छ।
आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थानको विश्लेषणअनुसार तराईका भूभागमा अत्याधिक गमीको सम्भावना रहेकाले आवश्यक तयारी गर्नहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
विभागले तातो हलरको असरबाट बच्न गर्मीको समयमा घरभित्रै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबारिह निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित र पटक–पटक पानी तथा झोल पदार्थ पिउन सुझाव दिएको छ।
Leave a Reply