मधेसका तीन स्रष्टा सम्मानित

जनकपुरधाम- मधेस प्रज्ञा प्रतिष्ठानले मधेसका तीन स्रष्टालाई सम्मानित गरेको छ।

प्रतिष्ठानले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा मिथिला कलासंस्कृतिको प्रवद्र्धनमा योगदान पुर्‍याउने तीन स्रष्टालाई सम्मानित गरेको हो।

बिहीबार प्रदेस राजधानी जनकपुरधाममा आयोजित कार्यक्रममा प्रतिष्ठानले मिथिला पेन्टिङ, मूर्तिकला तथा परम्परागत गीतको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मानित गरेको हो।

सम्मानित हुनेहरूमा जनकपुरधाम–३ की मिथिलेश्वरीदेवी कर्ण, धनुषा धनौजी गाउँपालिकाका योगेन्द्र पण्डित र सप्तरी छिनमस्ता गाउँपालिका वीरपुरका विष्णु यादव छन्।

कर्णलाई मिथिला पेन्टिङ, पण्डितलाई मूर्तिकला र यादवलाई लोक गीतको प्रवद्र्धन एवं संवद्र्धनमा उच्च योगदान पुर्‍याएवापत सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडिले मधेसका ६ विधानको संरक्षणका साथै अनुसन्धान एवं खोज कार्यलाइ अगाडि बढाइएको जानकारी दिए।

उनले प्रतिष्ठानमार्फत मधेसको इतिहास लेखन कार्य सुरू भइसकेको समेत बताए।

भाषा, साहित्य, कलासंस्कृति, गीतसंङ्गीत तथा नाट्य विधाको संरक्षण गर्ने उद्देश्यले मधेस प्रदेस सरकारले गत वर्ष मधेस प्रज्ञा प्रतिष्ठानको स्थापना गरेको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *