काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार नियन्त्रणका लागि सरकार हदैसम्म निर्मम रहेको बताएका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि स्वतन्त्र छानबिन र अनुसन्धानमा सरकारले पूर्ण सहयोग गर्ने बताए।
नवीन प्रविधिहरूको विकाससँगै भ्रष्टाचार नियन्त्रण थप जटिल भएकाले यसको नियन्त्रणका लागि नवीनतम प्रविधिको प्रयोग गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ।
प्रचण्डले भ्रष्टाचार नियन्त्रण गर्नु र हुनुमा सामाजिक चेतनाको विकास पनि भएको उल्लेख गरे।
भ्रष्टाचार नियन्त्रणमा भूमिका बोकेको आयोगले सुशासन प्रवद्र्धनमा खेलेको भुमिकाप्रति उनले आभारसमेत व्यक्त गरे।
Leave a Reply