जनकपुरधाम- भारतमा लोकसभा चुनावअन्तर्गत दोस्रो चरणका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरू भएको छ।
१३ राज्यको ८८ सिटका लागि दोस्रो चरणमा मतदान सुरू भएको हो।
कांग्रेस नेता राहुल गान्धी, अरुण गोविल, हेमा मालिनी, शशि थरूरसहित अन्य पार्टीका कैयौं दिग्गजहरूको राजनीतिक भाग्यको फैसला दोस्रो चरणको चुनावमा हुनेछ।
दोस्रो चरणको चुनावमा १ लाख ६७ हजार मतदान केन्द्रमा १५ करोड ८८ लाख मतदाता मतदान प्रक्रियामा सहभागी हुँदैछन्।
जसमध्ये ८ करोड ८ हजार पुरुष, ७ करोड ८ लाख महिला र ५ हजार ९२९ तेस्रो लिङ्गी रहेका छन्।
दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, कर्नाटक, केरल, मध्यप्रदेस, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेस, पश्चिम बंगा र जम्मु–कश्मीरमा चुनाव भइरहेको छ।
कांग्रेस नेता राहुल गान्धी केरलको वायनाड सिटबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका छन्। यो सिटबाट उनले दोस्रोपटक चुनाव लडेका हुन्।
सन् २०१९ मा उनी उत्तर प्रदेसको अमेठीका साथै वायनाडबाट चुनाव लडेका थिए।
अमेठीमा राहुललाई भारतीय जनता पार्टीकी स्मृति इरानीबाट हारको सामना गर्नुपरको थियो भने वायनाडबाट जित हासिल भएको थियो।
त्यस्तै भारतीय जनता पार्टीले उत्तर प्रदेसको मथुराबाट हेमा मालिनीमाथि फेरि एकपटक भरोसा देखाएको छ।
मथुरा लोकसभा सिटबाट हेमा मालिनी दुईपटक लोकसभा पुगिसकेकी छन्। उनले २०१४ मा आरएलडीका जयन्त चौधरी र २०१९ मा एसपी–बिएसपी–आरएलडी गठबन्धनका कुँवर नरेन्द्र सिंहलाई फराकिलो अन्तरले पराजित गरेकी थिइन्।
यसपालि आरएलडी बिजेपीसँग रहेको छ र हेमा मालिनीको प्रतिस्पर्धा कांग्रेसका मुकेश धनगरसँग भइरहेको छ।
दोस्रो चरणमा उत्तर प्रदेसकै मेरठ सिटमाथि पनि सबैको नजर हुनेछ। यो सिटबाट बिजेपीले यसपालि टिभी सिरियल रामारणमा रामको भूमिकामा रहेका अरुण गोविललाई चुनावी मैदानमा उतारेको छ।
बिजेपीले तीनपटकदेखि सांसदमा निर्वाचित हुँदै आएका राजेन्द्र अग्रवालको स्थानमा गोविललाई उम्मेदवार बनाएको छ।
मेरेठको सिटमा समाजवादी पार्टीले दुई जना उम्मेदवार परिवर्तन गरेर सुनिता वर्मालाई मैदानमा उतारेको छ।
दोस्रो चरणमा केरलको तिरुवन्तपुरम सिटबाट कांग्रेसका दिग्गज नेता शशि थरुरको राजनीतिक भाग्यको फैसला हुँदैछ। उनी सन् २००९ देखि लगातार यो सिटबाट निर्वाचित हुँदै आएका छन्।
यसपालि बिजेपीले केन्द्री मन्त्री चन्द्रशेखरलाई थरूरविरूद्ध चुनावी मैदानमा उतारेको छ।
Leave a Reply