फागुन ३० गते विश्वासको मत लिने प्रचण्डको तयारी

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले पार्टी संसदीय दलको बैठकमा ३० फागुनमा विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन्।

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार बसेको थियो।

उनले सरकारकारले विश्वासको मत लिने विषयमा सहयात्री दलसँग छलफल गरेर आवश्यक निर्णय लिइने पनि बताए।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने भएको हो।

संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ। कांग्रेसले २४ फागुनमा प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

यसैबीच माओवादी केन्द्रले आइतबार राष्ट्रियसभा अध्यक्षको टुंगो लगाउँदैछ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि गठबन्धन दल र पार्टीमा छलफल गरेर माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाउन लागेको हो।

पार्टीको स्थायी कमिटी बैठकबाट उम्मेदवार टुंगो लगाउने तयारी माओवादीले गरेको हो।

शनिबार बसेको संसदीय दलको बैठकले राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा उपस्थिति हुन राष्ट्रियसभामा रहेका आफ्नो दलका सदस्यहरूलाई ह््वीप जारी गरेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *