प्रतिनिधिसभा बैठक दुई दिनलाई स्थगित

काठमाडौं- प्रतिनिधिसभा बैठक दुई दिनलाई स्थगित हुने भएको छ।

आइतबार र सोमबारको बैठक सूचना टाँसेर स्थगित हुने भएको हो।

सभामुख निवास बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन प्रतिनिधिसभा बैठक स्थगित गर्ने निर्णय गरेको हो।

प्रतिनिधिसभाको आइतबारदेखि बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो। विधेयकमाथि अब २९ जेठदेखि नियमित छलफल हुनेछ।

बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक स्थगित भएको हो।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *