‘प्रचण्डले ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा लज्जित छु’

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञानेन्द्रपथ अनुसरण गरेको टिप्पणी गरेका छन्।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाको गिरफ्तारीको सन्दर्भ कोट्याउँदै भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।

दरबार हत्याकान्डसम्बन्धी आफ्नो लेख छापेका कारण तत्कालीन राजा ज्ञानेन्द्र शाहको सरकारले सिरोहियालगायतका कान्तिपुरकर्मीलाई गिरफ्तार गर्दा प्रचण्डलगायतले विरोध गरेको उनले ध्यानाकर्षणसमेत गराएका छन्।

‘झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको बेला २०५८ जेठमा दरबार हत्याकान्डसम्बन्धी मेरो लेख छापेवापत तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहियालगायतका कान्तिपुरकर्मीलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमान्डर प्रचण्डलगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं। आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।

पूर्वप्रधानमन्त्री भट्टराईले जुनसुकै कारण भए पनि सरकारले नाटकीय ढंगले सिरोहियालाई पक्राउ गरेको राम्रो नदेखिएको जिकिर गरेका छन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *