काठमाडौं- भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक समिति अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका न्यौपानेलाई विशेष अदालत काठमाडौंले आइतबार सजाय निर्धारण गरेको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासले न्यौपानेलाई ३ वर्ष कैद र बिगोको दोब्बर २५ करोड ६९ लाख ७५ हजार ९११ रूपैयाँ जरिवाना तोकेको हो।
उनको उमेर, स्वास्थ्यस्थितिलगायतलाई मध्यनजर गरी यो सजाय तोकिएको फैसलामा उल्लेख छ।
न्यौपानेले कलेजको नाममा हुनुपर्ने १२ करोड ८४ लाख रूपैयाँभन्दा बढी रकम अनियमितता गरेको २५ चैतमा विशेषले ठहर गरेको थियो।
उनले कलेजको रकमबाट आफू र सञ्चालक समितिका अन्य सदस्यलाई तलब, भत्ता, गाडी र अन्य सुविधा दिएको तथा आफ्नो आयस्रोतको आधारमा करसमेत नतिरेको विशेषको ठहर छ।
Leave a Reply