धनुषामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

जनकपुरधाम- स्कुल बस र मोटरसाइकल ठोक्किँदा धनुषामा एक युवकको मृत्यु भएको छ।

दुर्घटनामा परी मोटरसाइकल चालक विदेह नगरपालिका–७ बस्ने २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो।

विदेह नगरपालिका–७ जोगियारा भन्ने ठाउँमा बस र मोटरसाइकल ठोक्किएर बिहान ११ बजेतर्फ दुर्घटना भएको प्रहरीले जनाएको छ।

तिनकौरियाबाट औरहीतर्फ आउँदै गरेको प्रदेस २ ००२ ००४ प ३७८२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ना ४ ख ५७० नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

बस लर्ड गणेश इंग्लिस बोर्डिङ स्कुलको रहेको बताइएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *