दादुरा–रुवेलाविरूद्धको खोप अभियान आजदेखि सुरू हुँदै

जनकपुरधाम- दादुरा–रुवेलाविरूद्धको खोप अभियान आइतबारदेखि सुरू हुँदैछ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित र प्रभावकारी रहेकाले आ–आफ्नो बालबालिकालाई खोप लगाउन अनुरोध गरेको छ।

दादुरा–रुवेलाको संक्रमणको जोखिमलाई दृष्टिगत गरी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले खोपलाई डब्लुएचओले गुणस्तरयुक्त भनी प्रमाणित गरेको र औषधि व्यवस्था विभागले मान्यता दिएको बताएका छन्।

उनले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउने जस्ता समस्या देखिए पनि नआत्तिन आग्रह गरेका छन्।

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति संक्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइँदैछ।

यस्तै ५१ जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइनेछ।

अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेलाविरूको खोप लगाइने लक्ष्य राखिएको छ।

सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *