काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.केशरजङ्ग बराल नियुक्त भएका छन्।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो।
उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकोमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो।
शैक्षिक योग्यताका आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा बराललाई नियुक्त गरिएको बताइएको छ।
Leave a Reply