जनकपुर–नेपालगञ्ज हवाइसेवा सुरू हुँदै

जनकपुरधाम-जनकपुरधाम–नेपालगञ्ज हवाइसेवा यही सातादेखि सुरू हुने भएको छ।

धार्मिक पर्यटन प्रवद्र्धनका उद्देश्यले जनकपुरधाम–नेपालगञ्ज हवाइसेवा सुरू गर्न लागिएको हो।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जस्थित मिथिला समाजको आग्रहमा आगामी शनिबार र सोमबार चार्टर उडान हुने जानकारी दिएका छन्।

धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चार्टर हवाइसेवा सुरू गर्न लागिएको उनले बताए।

यसले धार्मिक पर्यटन प्रवद्र्धन हुनुका साथै भारतको अयोध्यासँग जनकपुरधामस्थित जानकी मन्दिर र नेपालगञ्जस्थित बागेश्वरी मन्दिरलाई जोड्न सहयोग पुग्ने अपेक्षा राखिएको सिग्देलको भनाइ छ।

उनले यति एयरलाइन्सबाट सुरू हुने हवाइ उडानका लागि अहिले एकतर्फी रुपमा ८ हजार ५ सय भाडा कायम भएको जानकारी दिए।

नेपालगञ्ज–जनकपुरधामको उडान अवधि १ घन्टा ३० मिनेट रहने अनुमान गरिएको छ।

विभिन्न सरोकारवाला संघसंस्थाको पहलमा सुरु हुने हवाइसेवाका लागि ३० लाख खर्च हुने अनुमान छ।

भारतको अयोध्यामा राम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरधाममा रहेको जानकी मन्दिर दर्शन गर्नाले पुण्य प्राप्त हुने पौराणिक मान्यता छ।

भारतको अयोध्याबाट नेपालगञ्ज सबैभन्दा नजिकको सहर हो। नेपालगञ्जबाट अयोध्याको दूरी १७१ किलोमिटरमात्र रहेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *