जनकपुरसहित मधेसका विभिन्न स्थानमा वर्षा

जनकपुरधाम- जनकपुरधामसहित मधेस प्रदेसका विभिन्न स्थानमा मंगलबार वर्षा भएको छ।

पछिल्लो एक महिनाको अन्तरालमा मंगलबार पहिलोपटक वर्षा भएको हो।

वर्षाका कारण केही दिनयतादेखि निरन्तर बढी रहेको गर्मीबाट सर्वसाधारणले राहत महसुस गरेका छन्।

दिउँसो साढे ४ बजेदेखि आकाशमा बादल मडारिए पनि अपराह्न ५ बजेबाट मेघगर्जनसहित वर्षा सुरू भएको छ।

पछिल्लोपटक १५ दिने मिथिला मध्यमा परिक्रमा चलिरहेका बेला जनकपुरधासहित आसपासको क्षेत्रमा वर्षा भएको थियो।

अत्याधिक गर्मीका कारण ट्युबवेलबाट पानी आउन बन्द भएको समस्या पनि केही हदसम्म अन्त्य हुने अनुमान गरिएको छ।

गर्मी बढ्दा पानीको सतह सुकेपछि जनकपुरधामलगायतका क्षेत्रमा पछिल्लो केही दिनयता खानेपानीको समस्या देखिएको छ।

पानीको सतह सुक्दै गएपछि मोटरले समेत पानी तान्न छाडेको स्थानीयहरू बताउँछन्।

हाल पश्चिमी वायु, स्थानीय वायुका साथै भारत बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले वर्षा र आंशिक बदली हुने मौसम विज्ञान विभागले बताएको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *