काठमाडौं- दक्षिणीपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालयबाहिर बम बुधबार बम विस्फोट भएको छ।
विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन्।
पाकिस्तानमा बिहीबार आम निर्वाचन भइरहेको छ।
क्वेटा सहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालयनजिकै आक्रमण भएको थियो।
क्वेटाका एक प्रहरी अधिकारीले नाम नबताउने सर्तमा विस्फोटमा २२ जनाको मृत्यु भएको जनाएको एएफपीले बताएको छ।
मोटरसाइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
प्रान्तका कार्यवाहक सूचनामन्त्री जान अचकजाईले मृतकको संख्या २२ जना रहेको पुष्टि गरेका छन्।
बिहीबार हुने निर्वाचनका लागि ५० लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् भने ९० हजारभन्दा बढी मतदान केन्द्रमा मतपत्र वितरण गरिएको छ।
Leave a Reply