गृहमन्त्रीविरूद्ध सडकमा उत्रियो कांग्रेस

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध सडकमा उत्रिएको छ।

सहकारी बचतकर्ताको रकम अपचलनमा लामिछाने संलग्न भएकाले छानबिन समिति गठन गर्नुपर्ने र सरकार निरंकुशता उन्मुख भएको भन्दै कांग्रेस सडक संघर्षमा उत्रिएको हो।

दुई दिनअघि बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले काडमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको थियो।

संसदमा लामिछानेविरूद्ध उत्रिरहेको कांग्रेसले आइतबारदेखि सडक संघर्ष थालेको हो।

काठमाडौंको प्रदर्शनीमार्गस्थित सडक प्रदर्शनमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रमुख सचेतक रमेश लेखक, प्रतिनिधिसभाका सदस्यहरू, विभिन्न भातृ संस्थाका पदाधिकारी एवं कार्यकर्ताहरूको सहभागिता थियो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *