गृहमन्त्रीलाई सांसद पाण्डेको प्रश्न–‘तपाईंजस्तै आरोप लागेकालाई कसरी कारबाही गर्नुहुन्छ?’

काठमाडौं- नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले आफूजस्तै आरोप लगेका व्यक्तिलाई कसरी कारबाहीको दायरमा ल्याउने भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डेले गृहमन्त्री रवि लामिछानेलाई ‘तपाईंजस्तै आरोप लागेका व्यक्तिलाई कसरी कारबाहीको दायरामा ल्याउनुहुन्छ?’ भनी प्रश्न गरे।

उनले गृहमन्त्रीको पदलाई रक्षाकवच बनाइ अर्बौं ठगी गर्नेलाई उम्काउने प्रपञ्चको हतियार बनाइएको आरोप लगाए।

पाण्डेले भने,‘सहकारीको आदर्शविपरित गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, पाउने नपर्ने व्यक्तिले पाउनै नपर्ने ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकारका अन्य व्यक्तिलाई कसरी कानुनी दायरामा ल्याउनुहुन्छ?’

गृहमन्त्री पदलाई कवच बनाएर दशौं अर्ब ठगी गर्नेलाई उम्काउने प्रपञ्चको मतियार त बनेको होइन भनेर उनले प्रश्न गरे।

पाण्डेको प्रश्न थियो,‘कतै तपाईंको पोजिसनलाई रक्षाकवच बनाएर एक दुई करोड अभियोग लागेका तपाईंलाई शिखण्डीको भूमिकामा अघि सारेर दशौं अर्बको ठग गर्ने ठूला माछाहरू उम्काउने प्रपञ्चको जानी नजानी तपाईं हतियार त बनिरहनुभएको छैन?’

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *