जनकपुरधाम- गर्मी बढेपछि विद्यालयहरू बन्द हुन थालेका छन्।
गर्मीका कारण पठनपाठनका लागि विद्यालय आउने बालबालिकालाई समस्या हुने गरेको पाइएपछि स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
बुटवल उपमहानगरपालिकाले अत्याधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिएको छ।
उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरूमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो।
प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा ‘केही दिनयता तातो हावा चल्न थालेकाले विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकोले वैशाख २० र २१ गते नगरभित्रका सबै विद्यालयमा बिदा दिन’ निर्देशन दिइएको छ।
Leave a Reply