काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन दलका शीष नेता र प्रदेसका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा उनले गठबन्धनका शीर्ष नेता र सातै प्रदेसका मुख्यमन्त्रीहरूसँग संघीयता कार्यान्वयनका विषयमा छलफल गरेका हुन्।
संघीयता कार्यान्वयनका लागि संघ, प्रदेस र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा आउनुपर्ने उपायबारे छलफल भएको बताइएको छ।
प्रधानमन्त्री प्रचण्डले यसअघि बुधबार राष्ट्रिय समन्वय परिषदको बैठकमा प्रदेसका मुख्यमन्त्रीहरूसँग छलफल गरेका थिए।
छलफलका क्रममा उनले संघीयता कार्यान्वयनस्वरूप चैतअघि प्रहरी समायोजन प्रक्रिया अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए।
त्यस्तै प्रदेसलाई हस्तान्तरण गर्नुपर्ने निजामती कर्मचारी ऐन, विद्युतसम्बन्धी अधिकारलगायतका विषयमा पनि आफू गम्भीर रहेको उनले बताएका थिए।
बिहीबारको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, लोसपा, नागरिक उन्मुक्ति पार्टीलगायतका दलहरूको सहभागिता थियो।
Leave a Reply