काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमाफर्त सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाइने बताएका छन्।
नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारणसभाको शनिबार काठमाडौंमा उदघाटन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले व्यापार प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताए।
आफू तेस्रोपटक सरकारको नेतृत्व गरेपश्चात नेपाल–चीनबीचको अन्तर्देशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उनको भनाइ छ।
प्रचण्डले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको उल्लेख गरे।
प्रधानमन्त्री प्रचण्डले गत असोजमा सम्पन्न आफ्नो चीन भ्रमणका क्रममा सीमा क्षेत्रको विकास, स्थानीय बासिन्दाका समस्या, चीन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगका विषयमा पर्याप्त छलफल भएको जानकारी दिए।
Leave a Reply