काठमाडौं- नेपाली कांग्रेसका महासमिति बैठकमा पेस भएका चारवटा प्रस्तावहरू सर्वसम्मतिले पारित भएका छन्।
उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन्।
महासमिति बैठकबाट पारित भएको प्रस्तावहरू केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने हुन्छ।
Leave a Reply