काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ।
सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।
देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा १५ वैशाखमा हुन लागेको उपनिर्वाचनका विषयमा छलफल हुने बताइएको छ।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उपनिर्वाचन केन्द्रित छलफल हुने बताए।
बैठकबाट उपनिर्वाचनका लागि उम्मेदवार तय गरिने बताइएको छ।
इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेससभा (१) मा १५ वैशाखमा उपनिर्वाचन हुन लागेको हो।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि २४ चैतमा मनोनयन दर्ताको समय तोकेको छ।
Leave a Reply