कमला सिँचाइ परवाहा शाखा अध्यक्षमा मिश्र निर्वाचित

जनकपुरधाम- कमला सिँचाई परवाहा शाखाको अध्यक्षमा सुजित मिश्र निर्वाचित भएका छन्।

१६ वर्षपछि भएको निर्वाचनमा प्रतिद्वन्द्वी पूर्वअध्यक्ष मथुरा चौधरी यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै मिश्र परवाहा शाखाको अध्यक्षमा निर्वाचित भएका हुन्।

कुल १६५ मतदाता रहेकोमा मिश्रले १११ मत ल्याउँदा यादवले ४८ मत प्राप्त गरे। दुई मत बदर भएको थियो।

परवाहा शाखाका अध्यक्षमा निर्वाचित मिश्र नेविसंघ धनुषाका पूर्वसभापति हुन्।

कमला सिँचाई (पश्चिमी) अन्तर्गत चारवटा शाखा रहेकोमा परवाहा शाखाको कार्यसमिति चयन गर्न शुक्रबार निर्वाचन भएको हो।

निर्वाचनमार्फत १० पुरुष, ५ महिला र ३ समानुपातिक गरी कुल १८ जना निर्वाचित भएका छन्।

समानुपातिकमार्फत निर्वाचित तीन जना भने मुलसमितिको सदस्य हुनेछन्।

चार वर्ष कार्यकाल रहेको समितिले आफ्नो क्षेत्रभित्रका भूमागमा सिँचाइका लागि पूर्वाधार निर्माण, सिँचाइ विकास, नहर निर्माणलगायतका काम गर्नुपर्ने हुन्छ।

परवाहा शाखाअन्तर्गत धनुषाको बरमझियादेखि भडरियासम्मको करिब २ हजार ५ सय हेक्टर सिँचाइयोग्य जग्गा पर्दछ।

कमला सिँचाइ (पश्चिमी) अन्तर्गत परवाहाबाहेक रघुनाथपुर, महिनाथपुर र खजुरी शाखा रहेका छन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *