आज सरस्वती पूजा, श्रद्धापूर्वक मनाइँदै

जनकपुरधाम- आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा। हिन्दु वैदिक सनातनीहरुले माघ शुक्लपञ्चमीका दिनलाई विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गर्ने गर्दछन्।

नेपाललगायत हिन्दु धर्मममा विश्वास गर्नेले ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी देवीका रुपमा सरस्वतीको पूजा गर्ने परम्परा छ।

धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएअनुसार, माघ शुक्ल पञ्चमीका दिन ब्रह्माले सृष्टिमा देवी सरसस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित भएको विश्वास गरिन्छ।

आजको दिन सरस्वती मन्दिरमा पूजाआराधाना गर्न श्रद्धालुहरुको भीड लाग्ने गर्दछ। आजको दिन बालबालिकालाई अक्षरारम्भ गराउने चलन पनि छ।

सरस्वती पूजाको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ। आजको दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि हेर्नु नपर्ने मान्यता रहेको।

सरस्वती पूजाका लागि शैक्षिक संस्थाहरुमा विद्यार्थीहरु एक दिनअघिबाट तयारीमा जुटिसकेका हुन्छन्। विशेष गरी तराईका विद्यालयहरुमा भव्यताका साथ सरस्वती पूजा मनाउने गरिन्छ।

विद्यार्थीहरु विद्यालयमा सरसजावट गरी उल्लासपूर्वक सरस्वती पूजा मनाउने गर्दछन्। उनीहरु बिहानैदेखि पूजाको तयारीमा जुट्छन्।

पछिल्लो समय सरस्वती पूजाका नाममा विकृति बढ्दै गएको भन्दै धेरैले चिन्ता व्यक्त गर्ने गरेको पनि पाइन्छ। प्रविधिको विकास र आधुनिकताका प्रभावका कारण पारम्परिक सरस्वती पूजाको प्रचलन लोप हुँदै गएको धेरैको भनाइ ।

बढिरहेको विकृतिलाइ मध्यनजर गरी जनकपुरधाममा सरस्वती पूजाका दिन विद्यालय पुग्ने विद्यार्थीहरुका लागि ‘ड्रेस कोड’ नै निर्धारण गरिएको छ।

निजी विद्यालयहरुको संगठन एनप्याबसन र प्याबसनले सरस्वती पूजाका दिन विद्यालय पोसाकमै विद्यालय आउन विद्यार्थीहरुलाई अनुरोध गरेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *