जनकपुरधाम- जल तथा मौसम विभागले देशमा स्थानीय वायु तथा भारत उत्तर प्रदेस आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले गण्डकी र लुम्बिनी प्रदेसमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ।
साथै गण्डकी प्रदेसका पहाडी भागका केही स्थान तथा लुम्बिनी प्रदेसका तराई भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेनछ।
कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेसलगायत पहाडी भागका केही स्थानमा तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
त्यसैगरी आज राति कोसी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेसलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।
कोसी प्रदेसका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
साथै मधेस र सुदूरपश्चिम प्रदेसलगायत देशका बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्का वर्षाको सम्भावना छ।
कोसी प्रदेसका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
यसैबीच काठमाडौं उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ। आज यहाँ अधिकतम तापक्रम ३१ देखि ३३.४ डिग्री सेल्सियसबीच रहने विभागको पूर्वानुमान छ।
विगत केही दिनदेखि पश्चिम तराइका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको विभागले जनाएको छ।
Leave a Reply