जनकपुरधाम- आठ दिनदेखि बेपत्ता धनुषाकी एक महिला मृत अवस्थामा फेला परेकी छन्।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी २८ वर्षीया रूबी यादवको शव सडेगलेको अवस्थामा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले महिलाको शव मिथिला नगरपालिका–५ स्थित औरही सामुदायिक वनमा भेटिएको जानकारी दिए।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ।
महिलाको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।
रूबीका श्रीमानलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply