हतियार देखाएर जनकपुरमा दिउँसै लुटपाट : लुटेरा खोज्दै प्रहरी

जनकपुरधाम- जनकपुरधामबाट हतियार देखाएर दिउँसै पैसा लुटिएको हो।

शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीको साथबाट जनकपुरधाम–१९ स्थित थुमौनाबाट ८० लाख नगद लुटिएको हो।

जनकपुरस्थित हिमालयन बैंकबाट पैसा झिकेर धनुषाधामतर्फ गइरहेको अवस्थामा सहकारीका कर्मचारी वीरेन्द्र महतोको साथबाट पैसा लुटिएको बताइएको छ।

महतोले मोटरसाइकलमा तीन जनाको समूहमा आएका व्यक्तिले पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीलाई बताएका छन्।

मोटरसाइकमला जाँदै गरेको समयमा दिउँसो १ बजेतर्फ हतियारधारी समूहले पेस्तोल देखाएर पैसा लुटेको महतोले बताएको धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।

‘तीन जनाको समूहमा आएका व्यक्तिहरूले हतियार देखाएर पैसा लुटेको भनेर पीडितले भनेका छन्,’ अवाले भने,‘हामी घटनास्थलमै छौं, अहिलेसम्म केही प्रगति हुनसकेको छैन।’

डिएसपी अवाका अनुसार महतोले दिएको बयानअनुसार पैसा लुटपाट गर्ने समूहको पहिचान हुन सकेको छैन।

‘लुटेरा समूहको पहिचान खुल्न सकेको छैन, अनुसन्धान भइरहेको छ,’ उनले भने।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *