जनकपुरधाम- प्रहरीले बाराबाट नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ।
एक–एक हजारको नक्कली नोटसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जितपुरसिमरा उपमहानगरपालिका–७ मा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा तत्काल एक जना र सो व्यक्तिले दिएको सूचनाको आधारमा अन्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका–३ का ४४ वर्षीय रामचन्द्र कोइरी, बारा परवानीपुर–५ का सुमित साह र सन्तोष पटेल, वीरगञ्ज–१० का विशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार उनीहरूको साथबाट रू. एक हजारको नोट ६१ थान बरामद भएको जानकारी दिए।
त्यस्तै प्रहरीले उनीहरूको साथबाट भारतीय सिमकार्डसहितको ७ थान मोबाइल फोन पनि बरामद गरेको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply