काठमाडौं- पश्चिम नवलपरासीको बर्दघाटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना सुनचाँदी व्यवसायी घाइते भएका छन्।
बर्दघाट नगरपालिका–१६ केराबारी गाउँ नजिकै पुलमा व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो।
बर्दघाट घर भइ सुस्ता गाउँपालिका–१ बरूवामा सुनचाँदी व्यवसाय गर्दै आएका विश्वकर्मा साँझ पसल बन्द गरेर घर फकिँदै गर्दा अज्ञात समूहले गोली प्रहार गरेको थियो।
उनको पाखुरामा गोली लागेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिएका छन्।
विश्वकर्माको भैरहवामा उपचार भइरहेको छ।
गोली प्रहार गर्ने व्यत्तिहरू घटनापश्चात विश्वकर्माको स्कुटर लिएर भागेको छ।
लुटपाट गर्ने उद्देश्यले गोली प्रहार भएको आशंका गरिएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply