सुनको मूल्यमा वृद्धि

जनकपुरधाम- स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ।

शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ७ सयले वृद्धि भएको हो।

लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापवालको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय निर्धारण गरिएको छ। बिहीबार छापवाल सुन प्रतितोला १ हजार ४० हजार ५ सयमा कारोबार भएको थियो।

तेजाबी सुन बिहीबार १ लाख ३९ हजार ८ सयमा कारोबार भएकोमा शुक्रबारका लागि १ लाख ४१ हजार ५ सय निर्धारण भएको महासंघले जनाएको छ।

चाँदीको मूल्य भने तोलामा रू. २५ ले ओरालो लागेको छ।

बिहीबार प्रतितोला रू.१ हजार ९ सयमा कारोबार भएको चाँदी आजका लागि रू.१ हजार ८७५ निर्धारण भएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *