सिरोहिया रिहा

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन्।

नागरिकता किर्ते गरेको अभियोगमा पक्राउ परेको अध्यक्ष बुधबार साँझ रिहा भएका हुन्।

जिल्ला सरकारी वकिल कार्यालय धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका अधारमा ललितपुर प्रहरीले उनलाई हिरासतबाट मुक्त गरेको हो।

अध्यक्ष सिरोहियाका वकिल रमण कर्णले सरकारी वकिल कार्यालय धनुषाको स्वीकृतिमा प्रहरीले रिहा गरेको जानकारी दिए।

नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेपछि सिरोहियालाई ८ जेठमा प्रहरीले थापाथलीस्थित कार्यालयबाट उनलाई पक्राउ गरेको थियो।

गत बुधबार धनुषा ल्याइएका सिरोहियालाई थप अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको थियो।

दोस्रोपटक तीन दिनका लागि म्याद थप भएपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै उनी जनकपुरधामस्थित काव्या अस्पताल भर्ना भएका थिए।

मंगलबार उनलाई एयरलिफ्ट गरेर मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

सहकारी ठगीलगायतका विषयमा कान्तिपुरले श्रृंखलाबद्ध समाचार प्रकाशित गरेपछि गृहमन्त्री रवि लामिछानेलाई प्रतिशोध साँध्न आफूलाई पक्राउ गर्न लगाएको सिरोहियाले आरोप लगाएका छन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *