काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया निर्दोष रहेको बताएका छन्।
बुधबार राजधानीमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले सिरोहिया निर्दोष रहेको अदालतबाट सजिलै छुट्ने बताए।
‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले, बढ्ता हो–हल्ला गर्न जरूरी छ जस्तो लाग्दैन मलाई,’ उनले भने,‘अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ, हल भइ नै हाल्छ।’
सिरोहियासँग सरकारको कुनै रिसइवी नरहेको प्रचण्डले बताए।
उनले गृहमन्त्री व्यक्तिगत रूपमा लागेको भन्ने कुरा गलत रहेको उल्लेख गरे।
‘सरकारसँग उहाँको के को रिसइवी? गृहमन्त्री व्यक्तिगत रूपमा लाग्नु भनेको गलत कुरा हो, त्यो मान्छेले भन्ने कुरा हो,’ प्रचण्डले भने।
Leave a Reply