सिरोहियाको नागरिकताविरूद्ध उजुरी दिने महतो रास्वपाका प्रदेस सदस्य

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकताविरूद्ध उजुरी दिने व्यक्ति उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता रहेको खुलेको छ।

सिरोहियाविरूद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिने सर्लाहीका इन्द्रजित महतो रास्वपा कार्यकर्ता रहेको खुलेको हो।

सिरोहियाले फरक–फरक नम्बरका नागरिकता प्रयोग गरिरहेको भन्दै महतोले १६ वैशाखमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए।

सर्लाहीको हरिवन नगरपालिकाका महतो रास्वपा मधेस प्रदेसका सदस्य हुन्।

महतो पार्टी उपसभापति डिपी अर्याल मन्त्री रहेको श्रममन्त्रालयलाई सघाउने टिमका सदस्य पनि छन्।

रास्वपा मधेस प्रदेसका महामन्त्री मनिष साहले हस्ताक्षर गरेको पत्रमा यो जानकारी दिइएको छ।

२०७९ सालको प्रतिनिधि तथा प्रदेससभा चुनावमा महतोले सर्लाही क्षेत्र नम्बर ३(क) मा स्वतन्त्र (लौरो छाप) बाट प्रदेससभा सदस्यमा उम्मेदवार बनेका थिए।

२०७८ सालमा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि बनेका उनले टिकट नपाएपछि स्वतन्त्र भएर चुनाव लडेका थिए।

चुनावमा पराजित भएपछि उनी रास्वपा प्रवेश गरेका थिए।

उनले सामाजिक सञ्जाल फेसबुकमा पछिल्लो उपचुनावका लागि तयार पारिएका प्रचार सामग्री अनि पार्टीका गतिविधिहरू प्रचारप्रसार गरेका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *