सामरिक महत्व बोेकेको इरानको इस्फान प्रान्तमा बज्रियो इजरायली क्षेप्यास्त्र

जनकपुरधाम – अमेरिकी अधिकारीहरूले एउटा इजरायली क्षेप्यास्त्र इरानमा प्रहार गरिएको बताएका छन्।

इरानमा क्षेप्यास्त्र प्रहार भएको विषयमा अमेरिकी रक्षा मन्त्रालय र इजरायली सेनाले टिप्पणी गर्न अस्वीकार गरेका छन्।

इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको इस्फहान प्रान्तस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै विस्फोटन सुनिएको अपुष्ट जानकारी पाएको उल्लेख गरेका छन्।

यद्यपि इरानी अधिकारीहरू इरानमाथि क्षेप्यास्त्र आक्रमण भएको विवरणको खन्डन गरेका छन्।

इस्फहान सामरिक महत्व भएको प्रान्त हो।

गत शनिबार राति इरानले इजरायललाई लक्ष्य बनाउँदै तीन सयभन्दा बढी ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै पहिलोपटक सोझै आक्रमण गरेको थियो।

इजरायलले यो आक्रमणको जबाफ दिने बताएको थियो। त्यस बेलादेखि नै इरानमा उच्च सतर्कता छ।

इरानमा आक्रमण गर्नुअघि सिरियास्थित इरानी कूटनीतिक नियोगमा भएको घातक आक्रमणमा केही इरानी सैन्य अधिकारीहरूको मृत्यु भएको थियो।

इरानले यो आक्रमण इजरायलले गराएको आरोप लगाउँदै प्रतिशोध लिने बताउँदै आएको थियो।

दुवै पक्षलाई संयुक्त राष्ट्रसंघ र विश्वका अरू नेताहरू संयमित हुन आग्रह गर्दै आएका छन्।

इरानी पक्षका अनुसार इरानको प्रतिरक्षा प्रणालीले तीनवटा साना ड्रोन नष्ट पारिदिएको छ।

इरानी सेनाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले इस्फहानमा कुनै क्षति नभएको उल्लेख गरेका छन्। (बिबिसीबाट)

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *